२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

संसदमा आज देखि एमसीसी माथि छलफल


काठमाडौं ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता सम्बन्धी प्रस्ताव माथि संसदमा आज देखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ ।

गएको आइतवर बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

लोसपाको हिजो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा छन् । एमसीसी सम्झौता संसदबाट पारित गर्न कांग्रेस र लोसपा तयार भएपछि सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई पनि दबाब बढेको छ ।

प्रतिनिधि सभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमा विवाद भए सभामुख अग्निप्रसाद सापकोटाले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना छ । सभामुख सापकोटाले यसबारेमा हिजो संसद् सचिवालयका कर्मचारी र पदाधिकारी सँग परामर्श समेत गरेका थिए ।

सभामुखले ध्वनि मतको आधारमा निर्णय गर्दा यकिन नहुने भएकाले मत विभाजनको बाटो रोज्न सक्ने कानुनी आधार खोजेका छन । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना माग पूरा भएपछि मात्रै संसदमा अवरोध नगर्ने र एमसीसीका बारेमा निर्णय लिने बताउँदै आएको छ । यसैगरी आजको संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।