डडेल्धुरा —
लामो समयदेखि न्युनतम ज्यालामा काम गर्नुपरेको भन्दै पटक पटक आवाज उठाउदै आएका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) लाई संघीय सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक उपलव्ध गराउने अमरगढी नगरपालिका पहिलो स्थानिय तह बनेको छ। अमरगढीले कार्यान्वयन गरिरहेको छ ।
आर्थिक वर्ष २०७८—७९ को बजेटको बुँदा नं २१६ मा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक १५ हजार दिनुपर्ने स्पष्ट व्यवस्था छ । सो व्यवस्थाअनुसार आठ हजार रूपैयाँ संघीय सरकारले र बाँकी सात हजार स्थानीय तह (पालिकां) ले दिनुपर्छ ।



संघीय सरकारले आठ हजार तलब उपलब्ध गराउँदै आएपनि डडेल्धुरा लगायत देश भरि कै धेरै पालिकाहरूले भने अझै दिएका छैनन् । जसकारण इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकार आफैंले तलब दिनुपर्ने माग पनि राख्दै आएका छन् ।
यसका लागि उनीहरूले पटक(पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएका थिए । उनीहरूको सो मागलाई नेपाल शिक्षक महासंघले साथ दिएको छ । महासंघले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटगरी ध्यानाकर्षण गराएको थियो ।
डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले पहिलो स्थानिय तहका रुपमा यो निर्णय गरेर कार्यान्वयन गरेको छ।
यो निर्णयलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीले स्वागत गरेका छन् र नगरपालिका प्रति गर्व लागेको वताएका छन। अमरगढीले गरेको यो निर्णय कार्यान्वयन हुन पाउँदा हामी खुसी छौं । उग्रतारा मा विका लेखापाल टेक ऐरिले भन्नू भयो।
अमरगढी पहिलो स्थानिय तह बनेको दाबी नगरपालिकाको रहेको छ ।
बालबिकास र बिद्यालय कर्मचारिलाई पूरा तलव पाउने भएका छन् ।

























