२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।

मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ ।
बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने मौसमविद भट्टराईले बताए ।
बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद भट्टराईले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदूरपश्चिम, कर्णाली, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङको समेत सम्भावना रहेको उल्लेख छ । देशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
नेपालमा डिसेम्बरदेखि फेब्रुअरी महिना (मंसिर १५ देखि फागुन १६ गते)सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा हिउँदयाममा भएको वर्षाको तथ्यांकको आधारलाई निकालिएको सरदर वर्षाको तथ्यांक हेर्दा यस वर्ष शतप्रतिशत वर्षा भइसकेको छ । यस वर्षको हिउँदयाम सकिन अझै केही दिन बाँकी नै छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।