२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारलाई महासंघको ध्यानाकर्षण


काठमाडौँ —
नेपाल पत्रकार महासंघले पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहितको टोलीले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । सरकारले बजेट भाषण मार्फत पत्रकारहरुको निःशुल्क उपचार गर्ने बताएको थियो ।
त्यस्तै, सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासंघको निर्माणाधीन भवनको लागि बजेट व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
जवाफमा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्त गरे । उनले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने समेत बताए । मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरण प्रक्रियामा लैजान बजेट छुट्याइएको समेत जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।