काठमाडौँ — सरकारले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
भट्टराईको नियुक्ति प्रक्रिया नमिलेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतबाट कैद ठहर हुने सजाय पाएका व्यक्ति भएकाले नियुक्ती खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
खुला प्रतिस्पर्धामा बढी नम्बर ल्याएका पंकजकुमार दासलाई पन्छाउँदै कम नम्बर पाएका भट्टराईलाई तत्कालीन ओली सरकारले नियुक्ति गरेको थियो ।
सरकारले साविकको टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई मिलाएर २०७५ साउन १८ मा निगम बनाएको थियो । सीईओको पदावधि ४ वर्षको हुने निगमको नियमावलीमा व्यवस्था छ ।



Views: 171

























