डडेल्धुरा — प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाको अध्यक्षमा लोकेन्द्र ओझा निर्वाचित भएका छन् । चौथो जिल्ला अधिवेशनले सर्वसम्मत ढंगले ओझाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्षमा बहादुरसिंह साउँद, महिला उपाध्यक्षमा लक्ष्मी ऐर र सचिवमा मदनराज भट्ट चयन भएका छन् । यस्तै सहसचिवमा धनी कोली, सहसचिव समावेशीमा भावना पौडेल र कोषाध्यक्षमा ममता भट्ट समेटिएका छन् ।
सदस्यहरुमा विवेक जैरु, अर्जुन चटौत, किरन जैरु, तर्कराज भट्ट, सृजना ऐडी, गोमती बोहरा, सुरेन्द्र धामी, हरेन्द्र साउँद र अर्जुन धामी आएका छन् । अधिवेशनले प्रदेश प्रतिनिधिमा पदम बोहरा, गणेश रोक्का, मनोज चौधरी, रमेश धामी, सकुन्तला साउद, राधा फुलारा, पार्वती धामी र सिर्जना अवस्थीलाई चयन गरेको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा राजेन्द्र ठगुन्ना, लक्ष्मी ऐर, गणेश ऐर, राकेश दयाल र इन्दिरा ताम्राकारलाई ल्याइएको छ ।




























