२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८३ पुग्यो

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा एक सय ७१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ५८ जना क्वरेण्टीनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृ’त्यु हुनेकाे सङ्ख्या ८३ पुगेको छ ।

  • तुफान न्यूज

 

 

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।