२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

बलात्कार आरोपमा समातिए कञ्चनपुरका शिक्षक

महेन्द्रनगर । बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । बाजुराको जगन्नाथ गाउँपालिका–२ कोल्टिमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–८ का २४ वर्षिय भीम ठगुन्ना पक्राउ परेका हुन् ।
कोल्टिमा रहेको एक होटलमा सुतिरहेकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।
‘माघ २० गते बालिकाका आफन्तले उजुरी दिएका थिए,’ उनले भने, ‘ठगुन्नालाई माघ २३ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’ शुक्लाफाँटा नगरपालिका–८ का बासिन्दा ठगुन्ना बाजुराको सेती कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा शिक्षण गराउँदै आएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।