२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कैलालीमा कान्तिपुरकर्मी चौधरीमाथि आक्रमण

धनगढी । कैलालीमा कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि आक्रमण भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरबाट घर फर्किने क्रममा चौधरीमाथि गएराती आक्रमण भएको हो।

‘घर फर्किने बेला एक्कासी म माथि आक्रमण भयो।’ पत्रकार चौधरीले भने, ‘भागेर स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगाए।’

उनीसँगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ भने चौधरीको अनुहारमा चोट लागेको छ। आफूमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई चिनेकाले उनीहरु विरुद्ध किटानी जाहेरी दिने चौधरीले बताए।

तर आक्रमण किन गरे भन्ने विषयमा थाहा नभएको बताउँदै चौधरीले यसअघि कुनै विवाद समेत नभएको जनाए।

यसैबीच पत्रकार चौधरीमाथि आक्रमण भएको घटनाको छानविन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले विज्ञप्ती जारी गर्दैै घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।