२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सरकारि टावरमा छ्रैन सुरक्षाः बालबलिका खेल्दै

बैतडी – बैतडीमा नेपाल टेलिकमको एक टावरको दुर्दशा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–५ स्थित दहताल डाँडामा रहेको नेपाल टेलिकमको टावर र सोलार प्यानलमै बालबालिकाहरुले खेल्ने गरेको भेटिएपछि सञ्जालमा भाइरल बनेको हो ।
सो टेलिकमको टावरमा केटाकेटीहरुले चढेको र सोलार प्यानलमै चिप्लेटी खेलेको तस्बिर समेत सार्वजनिक भएको छ ।
लापरवाहीका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीयले बताएका छन् । टेलिकमको टावरमा यस्तो गरिनु नराम्रो कार्य भएको स्थानीय विक्रम कुँवरले बताए । सो क्षेत्रमा बादल लागेको बेला टावर काम नगर्ने गरेको उनले बताए ।
सामाजिक संञ्जालमा चर्चा भएपछि भने नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले प्रहरी र स्थानीय सरकारलाइ खबर गरेर टावर र सोलार पातामा खेल्नमा रोक लगाउने बताए ।
घाम नलागेको बेला सोलारले काम नगर्दा टेलिकमको सेवा अवरुद्ध हुने उनले बताए । सो क्षेत्रमा विद्युत नहँुदा समस्या हुने गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।