२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो । प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पूर्वघोषित किसान आन्दोलनअन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । ज्ञापन पत्र बुझ्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री जहाँ देखिए त्यहीँ ज्ञापनपत्र बुझाउने जनमत पार्टीले जनाएको छ । यता राष्ट्रियसभाको मधेस प्रदेशको मतदान बिहान साढे ९ बजे देखि सुरु भएको छ । मतदानस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।