दिपक राज भट्ट(डडेल्धुरा) — डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका विगत दुई महिना यता कार्यलय प्रमुख विहिन बनेको छ । नगरपालिका अहिले निमित्त कार्यालय प्रमुखको भरमा रहेको छ । नगरका सबै आर्थिक कारोबार भने ठप्प रहेका छन् ।
नगरपालिकामा रहेका लक्ष्मी प्रसाद उपाध्याय दुई महिना अघि सरुवा भएका हुन् । यता नगरमा नया कार्यालय प्रमुख आउने अहिले सम्म कुनै टुङगो लागेको छैन् । काङग्रेसको किल्ला मानिने डडेल्धुरा जिल्लामा अमरगढी नगरपालिकामा भने एमाले बाट मेयरमा विशेश्वर प्रसाद ओझा निवार्चित भएका थिए । यस भन्दा अघिल्लो पटक पनि कार्यालय प्रमुख उपाध्याय सुरुवा भएर गएका थिए भने पुन नगरपालिमै आएका थिए । उपाध्यााय अमरगढी नगरपालिका बाट दुई पटक सरुवा भईसकेका छन् ।
नगरपालिकमा राजनीतिक खिचातानीका कारणले कार्यलय प्रमुख सरुवा हुने प्रकिृया जहिले नि हुने गरेको नगरपालिका स्रोत बताएको छ । कार्यालय प्रमुख नहुदा सेवाग्राहिले दुख भोगिरहेका छन् ।




























