गाउँ गाउँमा पक्की बाटो निर्माण गर्दै अमरगढी पुर्वाधार संगै रोजगारि
डडेल्धुरा — डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले सहरी शासकिय पुर्बाधार सुधार कार्यक्रम मार्फत गाउँ गाउँका सडक निर्माण गर्न सुरु गरेको छ । कार्यक्रम अन्र्तगत रु ४ करोड ४० लाख विनियोजन गरिएको छ ।
यो कार्यक्रम बिश्व बैंकको आर्थिक सहयोगमा सुखुरपश्चिमका दुई स्थानिय तहमा लागु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिकाका र लम्किचुहा नगरपालिकामा । अमरगढीका ११ वडाका बिभिन्न गाउँमा सडक निर्माण, ग्रामिण बाटाहरू पक्की, विद्यालय भवन मर्मत रंगरोगन , फिल्ड निर्माण, स्वास्थ्य चौकि सुधार तथा सिचाई योजना निर्माण गर्न लागेको अमरगढीका ईन्जिनियर सुरेस साँउदले बताउनु भयो।
पहिलो चरणमा अमरगढी नगरपालिकाले यस कार्यक्रमको लागि मात्र ४करोड ४०लाख बिनियोजित गरेको छ । कार्यक्रम अन्तर्गत नगरपालिकाका ११वटै वडामा कार्यक्रम संचालन गर्दै आएको छ। एक वडामा ४० लाखका दरले विनियोजन भईरहेको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा (विपिन) ले खबरदारी न्युज लाई जानकारि दिनुभयो साथै ओझाले गाउगाउमा यसरी सुधार संगै नगरवासिको आयस्तरमा बृद्धि हुदा स्थानिय निकै खुशी भएको बताउनुभयो ।
कार्यक्रममा पहिलो चरण संचालन भैईरहेको छ, नगर पालिकाका ११ वटै वडामा कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रमका लागि अमरगढी नगरपालिकाले २२ करोड २३ लाख प्राप्त गरेको छ।




























