काठमाडौं । आज देखि मौसममा सामान्य सुधार आएको छ । मौसममा आज देखि सामान्य सुधार भए पनि आउँदो तीन दिन सम्म देशभरको मौसम पूर्ण रुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताए ।
आज पहाडी भेगमा बिहानी पख केही बेर घाम लाग्ने तर दिउँसो पछि पुनः बादल लाग्ने सम्भावना रहेको उनले बताए । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ । तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



Views: 271


















