डडेल्धुरा(दिपक राज भट्ट) — डडेल्धुराको अजमेरु गाउपालिकाले भोलि शोक बिदा गरेको छ । गाउपालिकमा सव — ओभरसियर पदमा कार्यरत रहेका लक्ष्मीकान्त चटौतको ९ गतेका दिन मृत्यु भएको हो ।
कार्यालयले एक सुचना जारि गर्दै शोक बिदा दिने घोषणा गरेको छ । प्रमुख प्रशासकिय अधिकृत र गाउपालिका अध्यक्ष द्धारा हस्ताक्षरित सुचनामा लेखिएको छः यस अजयमेरु गाउपालिकाको कार्यालयमा कार्यरत सव — ओभरसियर स्वर्गीय लक्ष्मीकान्त चटौतको ९ गतेका दिन अल्पायुमै भएको असामयिक निधन प्रति अजयमेरु गाउपालिका परिवार स्तब्ध भएको छ । शोकको यस घडिमा मृतकको आत्मा प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । साथै उहाको उच्च सम्मान तथा स्मरणका लागि अजयमेरु गाउपालिकाको कार्यालय अन्र्तगतका सम्पुर्ण कार्यालयहरु १० गतेका दिन शोक बिदा रहने व्यहोरा समेत समबन्धित सबैको लागि यो सुचना प्रकासित गरिएको छ ।




























