२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

धनगढीका कोरोना संक्रमित १९ दिनदेखि सम्पर्कविहीन

धनगढी : धनगढी उपमहानगरपालिकाका एकजना कोरोना संक्रमित १९ दिनदेखखि सम्पर्कविहीन छन्।  साउन ८ मा सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका एक पुरुष अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर ५ का २८ वर्षीय पुरुषमा साउन १६ गते संक्रमण पुष्टि भएको थियो।

नगरपालिकाको टिम, वडाध्यक्ष र प्रहरीले खोजी गर्दा समेत फेला पार्न नसकिएको उपाध्यायले बताए। संक्रमित पुरुषको फोन नउठ्ने कारण फेला पार्न नसकीएको उनले बताए। 

यस्तै, आइतबार संक्रमण पुष्टि भएका वडा नम्बर ८ का ४० वर्षीय पुरुष पनि सम्पर्कविहीन रहेको उपाध्यायले जानकारी दिए।

संक्रमित देखिएका पुरुषले शुक्रबार सेती अस्पतालमा स्वाव संकलन गराएका थिए। उनीहरु दुवैजना सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।