स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तपाईको मास्क खै अभियान चलाइएको छ । मास्कको अनिवार्य प्रयोग गरौ, म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समिति स्याङ्जाको अगुवाइमा तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।



कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि जिल्लाको पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकामा तपाईको मास्क खै’ अभियान चलाइएको हो ।
कोरोनाको तेस्रो लहरबाट स्याङ्जामा बिरामी बढिरहेको बेला यसको रोकथाम र नियन्त्रणको लागि जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला राजु पौडेलले बताउनु भयो ।
अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गर्दै कारबाही स्वरुप ७० जनालाई एक सय रुपैयाँ जरिवाना तिराईएको पौडेलले जानकारी दिनुभयो ।
मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतना मुलक कार्यक्रम गरिएको हो ।

























