धनगढी, : सशस्त्र प्रहरी वल नेपालले धनगढीका समाजसेवी हेमराज पन्तले सम्मान गरेको छ । आफ्नो २१ औँ स्थापना दीवसका अबसरमा सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीले पन्तलाई सम्मान गरेको हो । सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईले उनलाई दोसल्ला र प्रमाण पत्र सहति सम्मान गरेको हो ।
बिश्व भरी महामारीका रुपमा फैलीएको कोरोना सक्रमणका बेला सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री लगाएतमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको सशस्त्र प्रहरीले जनाएको ।समाजसेवी पन्तले महामारीका बेला बिभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुका साथै समस्यामा परेका ब्यक्तिहरु सहयोग गर्दै आएका छन ।



Views: 195

























