२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

नेपालमा थप २८ जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

काठमाडौँ,। नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ‘पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै आज नेपालमा कोरोनाका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २१ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ३७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।