२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

भाईरस फैलाउने मुख्य कारक सरकार र मुख्य राजनीतिक दल

काठमाडौं ः नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक सरकार र मुख्य राजनीतिक दल नै बनेका छन् । राजनीतिक दलहरुले कोरोना फैलदा पनि सभा, सम्मेलन, महाधिवेशनहरु गरे । नेताहरु नै संक्रमित भए ।
पछिल्लो समय सरकारले कोरोना भाइरसको भ्याक्सिन नलगाई सार्वजनिक ठाउँमा छिर्न वञ्चित गरेको छ । यसले सर्वसाधारण खोप लगाउने दौडमा लागेका छन् । खोप लगाउनेको भीड लागेको छ । ठेलमठेल भीडमा खोप लगाउनेहरु देखिएका छन् । यसले संक्रमण फैलन खतरा बढेको छ ।
सरकारको खोप अनिवार्य गर्ने तर सर्वसुलभ र सहज नबनाउने कदमले कोरोना झन् फैलाउन थालेको छ । विदेशमा खोप अनिवार्य गरेपछि घरमै गएर भएपनि खोप लगाइदिन थालिएको छ । भारतका विभिन्न राज्यमा खोप नलगाएकालाई खोजी खोजी लगाइदिने क्रम चलेको छ ।
नेपालमा भने खोप अनिवार्य गरेर राज्यले भीड सृजना गरिदिएको छ । निर्णय गर्ने कार्यान्वयन फितलो गर्ने सरकारको कार्यशैली फेरि प्रष्ट भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।