दिपेन्द्र अवस्थी
डडेल्धुरा । राजनैतिक ईतिंहास हेर्ने हो भने थुप्रै कुराहरु अहिले पनि छन । जस्तो बाइसे–चौबिसे राज्यकाल खण्डको कुरा गर्ने हो भने मल्ल राजा हुंदै शाहहरुले शासन चलाएको देखिन्छ । थुप्रै डोट्याली ईतिहांस तथा लेखकहरुले यस बारे लेखिसकेका छन ।
त्यस्तै नेपाल एकिकरण अभियानमा आएका अमरसिंह थापा जस द्धारा अमरगढि किल्लाको निमार्ण गरिएको हो भन्ने ईतिहास पनि छ । त्यस बाहेक पनि बि।स। २००७ सालको क्रान्तिमा शहिद भिम दत्त पन्त जो किसान आन्दोलन तथा जातीगत बिभेदको अन्त्य गर्ने अभियानमा थिए । त्यस बाहेक पनि एसियाकै पहिलो महिला मन्त्री द्धारिका देबि ठकुरानीको कर्मथलो पनि डडेल्धुरानै रह्यो ।
नेपाली कांग्रेस जसले प्रजातन्त्र स्थापनाका लागी संघर्षहरु गर्यो त्यस पार्टीका आदर्श ब्यक्तित्व एन।डि। प्रकास चटौत पनि डडेल्धुराकै थिए ।
कतिपयहरुले देउवाको कारण अर्थात उनि धेरै पटक प्रधान्मन्त्री भएकै कारण डडेधुराको पहिचान भएको बिश्लेषण गर्ने गरेका छन । हो बर्तमान समयका लागी होला पनि । तर बिगत देखिनै डडेल्धुरालाई चिन्ने थुप्रै आधारहरु थिए । जसरी हामी नेपाललाई सीताको देश बुद्धको देश वा सगरमाथाको देश भनेर चिनाउंछौ आज त्यसरी नै डडेल्धुरा शेर बहादुर अर्थात देउवाको गृह जिल्ला भनेर भनिन्छ किन रु भन्ने बिषयमा बिश्लेषण गरिरहेका छौ ।
बि.स. २०४८ सालमा गृह मन्त्री हुंदै हाल पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा लगातार जीतमा छन । करिब तीन दशक लामो समय सम्म उनि डडेल्धुराका लागी पहिलो ब्यक्ती नै छन । चाहे केन्द्र सरकार जुनसुकै दलको पनि किन नहोस डडेल्धुराका लागी देउवा नै शक्तीमा छन । चाहे कांग्रेस होस कि कोहि अरु देउवा समर्थक होस कि बिरोधी यस अर्थपनी कहिले काहि बिपक्षीदलहरुले झटारो हान्दा दाईको जिल्ला, देउवाको गृह जिल्ला भनेर पनि अभिब्यक्तीहरु दिईरहेका हुन्छन ।



डडेल्धुरा भित्र मात्र होईन कि पुर्व तिरकाले पनि देउवाको जिल्ला भनेर भन्छन । नेपाल बिद्यार्थी संघको संस्थापक सभापती हुदै एक पटक गृह मन्त्री र पाँच पटक प्रधानमन्त्री बनेका देउवा डडेल्धुरा बाट केन्द्रिय निर्वाचन प्रतिनिधि सभाका लागी पटक–पटक जित्दै आए । दर्जनौ कम्युनिष्ट नेताहरु देउवा संग पराजय भोग्दै आए । बि।स। २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवा निर्वाचनमा कहिल्यै हारेनन् । ठुलो मतान्तरमा जित्ने उनि पहिलो संबिधान सभा सदस्य निर्वाचनमा भने थोरै मतान्तरमा तत्कालीन माओवादी केन्द्रका खग राज भट्ट संग जिते ।
देशमा जुन सुकै ब्यवस्था भए पनी जसको सरकार भए पनी डडेल्धुरामा भने देउवा नै सर्बेसर्बा मानिन्छन । जिल्लाको कुनैपनी बिकास वा महत्वपूर्ण निर्णयका लागी देउवाको महत्वपूर्ण भुमीका रहन्छ । यस अर्थ पनी कहिले काहि सामान्य बिकासका बिषयमा पनि देउवाको जिल्लामा बाटो छैन, पानी छैन जस्ता बिषय पनि जोडिन्छन । अहिले मुलुकमा तिन तहका सरकार छन । अधिकांस कामहरु स्थानीय सरकारले नै गर्न सक्ने वा क्षेत्राधिकार भित्र पर्ने भए पनी त्यस्तो नहुंदा देउवाको जिल्लामा यस्तो भएन, उस्तो भएन भन्ने प्रबृती अझै हटन सकेको छैन । यस कारण पनि डडेल्धुरालाई देउवाको जिल्ला भनिएको हो ।जिल्लाका बिषयमा महत्वपुर्ण निर्णयहरु देउवाले चाहे मात्रै हुने र नचाहे नहुने स्रोतको भनाई छ ।
देउवाले के गरे त ?
बि.स. २०४८ साल लाई देउवाको राजनितिमा पहिलो ईन्ट्री मान्ने हो भने बि।स। २०७८ मा ३० बर्ष हुन्छ । यो समयमा उनले कुनै बेला सुदुरपश्चि बाट काठमाडांै जानु परेमा भारतको बाटो भएर जानु पर्ने बाध्यताको अन्त्य गरेको देउवाले पटक–पटक भन्दै आएका छन । महेन्द्र राजमार्ग अन्तरगत कर्णाली देखी सुदूरपश्चिम जोड्न पुल र बाटोको निमार्ण उनको पहलमा भयो । यस बाहेक गृह जिल्लामा सडक कालोपत्रे तथा बिद्युतीकरण गर्ने काम देउवाको पहलमा भयो भने एक मात्र आंगीक क्याम्पसका रुपमा शिक्षा क्याम्पसको स्थापना देउवाकै पहलमा भयो ।
तर उनका आलोचकहरुले देउवा द्धारा कुनै पनी बिकासका कामहरु हुन नसकेको आरोप लगाउंदै आएका छन । डडेल्धुरा सुदूरपश्चिमका ७ पहाडी २ तराईका जिल्ला जोड्ने संगमका रुपमा रहेकाले खास गरी ७ पहाडी जिल्लाका लागी सडक बाटो यहि भएर जाने र बिद्युत पनि यहि बाटो भएर जाने भएकाले यहाँको बिकास बिना पहाडको बिकास असम्भव भएकोमा यसलाई बिकास मान्न नसकिने तर्क बिपक्षीहरुको छ । बिद्युतीकरणका सवालमा उनि पूर्व मन्त्री बनेका लाल बहादुर खडायतको देन भएको तर जस देउवा संग जोडिएको तर्क गर्छन बिपक्षीदलहरु । उनले स्थापना गरेको शिक्षा क्याम्पस अहिले स्तरोन्नती भएर बहुमुखी क्याम्पसका रुपमा रहे पनी शैक्षिक गुणस्तर भने खस्कीदै गएको छ । राजनैतिक दलहरुको आखडा बन्दै दलका नेताहरुका आफान्तहरु लाई भागबण्डा गरि जागीर खाने थलो बने पछी यसको फाईदा जिल्लाका सर्बसाधारणहरुले लिन सकेका छैनन् ।
के डडेल्धुरा देउवाको जिल्ला भने जस्तै छ ?
अहिले यो बिषयमा ब्यापक छलफलहरु भईरहेका छन । प्रबिधिको बिकास भए संगै ईन्टरनेटमा बढ्दो पहुंचका कारण पनि जनताहरु बिकासलाई बुझ्ने भैसकेका छन । यस कारण देउवा द्धारा गरिएका निर्णय र बिकास कुनै पनी ऐतिहांसिक बन्न सकेका छैनन् । यसको कारण देउवा मात्रै नभई उनका अत्यन्तै बिश्वाशिला कार्यकर्ताहरु हुन जो अवसर बादीका रुपमा रहेको बुझाई स्थानियको छ । जिल्ला सदरमुकाम बागबजार क्षेत्रका सागुंरा सडकहरु जुन सडकको संरचना नभई बाटोको संरचनामा छन । जहा घण्टौ जाम खेप्नु परेको छ । त्यतीबेला देखि सुरु हुन्छ प्रधानमन्त्रीको आफ्नो गृह जिल्लाको बिकास कस्तो छ रु भन्ने ।
यस बाहेक संघिय अस्पताल डडेल्धुरा अस्पतालको अवस्था दिन प्रतिदिन झर्को लाग्ने अवस्थामा छ । जहा एक दुई चिकित्सकहरुले सेवा दिंदै छन भने बिषय बिशेषज्ञ चिकित्सकको चरम अभावका बिच उपचार गराईरहनु परेको छ । आज भन्दा ५२ बर्ष पहिला बिदेशी टीम मिसनरीहरुले संचालन गरेको अस्पताल आज सरकारी तवर बाट चल्दा सेवा सुबिधाको गुणस्तर खस्कीदो अवस्थामा छ ।
शिक्षा क्याम्पस स्थापना हुंदा शिक्षा संकाय अन्तरगत बि।एड। सम्मको पढाई हुने गरेको थियो । तर आज माष्टर्स सम्म बहुमुखी क्याम्पसको स्थरमा छ । अभिभावक र बिद्यार्थीहरुको शैक्षिक आकर्षणको थलो कहिल्यै बन्न सकेन । यस अर्थ पनी दिन प्रतिदिन पहाड बाट तराई झर्नेहरु बढिरहेका छन । शेर बहादुर देउवा जस्तै अर्को नेता जन्मीन अझै सुदूरपश्चिमले धेरै पर्खिनु पर्ने त हुन्छ । तर उनको तह बाट गृह जिल्लाका लागी केहि हुन नसकेको तर्कमा सहमती जनाउछन बिपक्षीदलहरु पनि ।
सुदूरपश्चिमको प्रान्तीय राजधानी बन्ने हल्लाको मियोमा खुसिका आयामहरु बोकेका डडेल्धुरेलीका निम्ती भावनामा बोकेको राजधानी अपहरण भए पछी देउवाको ऐतिहासिक निर्णय जिल्ला बिरुद्ध बनेको छ । भुगोल र भावना दुबै कुराको संगम डडेल्धुरालाई अस्थायी राजधानी बनाउनुको साटो देउवाले बाटो छैन घाटो छैन भन्दै आफैले गरेको भनेको बिकासको पनि खिल्ली उडाए । राजधानी आवश्यक भए डोट्याली राजाको जस्तै ग्रिष्मकालीन डडेल्धुरा र सित कालीन धनगढी बनाए पनी हुने अपरीपक्क तर्कहरु गरे ।
हिजो डडेल्धुरा पहाड घर भई कञ्चनपुर बस्ने निर्मला पन्त हत्याकाण्डका बेलाका बिपक्षी नेता देउवाले ओली सरकारको कडा आलोचना गरे । सरकार काण्डैकाण्डमा फसेको टिप्पणी गरे । आफु सरकारमा आए बलात्कारी र हत्यारा लाई नछोडने बताए । तर अहिले निर्मला पन्तको हत्याका बिषयमा केहि पनी हुन सकेको छैन । देउवाकै गृह जिल्लामा कांग्रेस बिभाजन भई गुट उपगुटको राजनितिमा लाग्दा आजको परिस्थीतीमा एउटा समुह अधिवेसनमा र अर्को समुह अधिवेसन बाहिर रहंदा सानेपामा अनसन बस्नु पर्ने स्थीती आउंदा सम्म एकथरी नेताहरु समुह बाट बाहिरिएका छन । यसमा देउवाले केहि बोलेका छैनन् ।
यस पटक उनि फेरी पाचौ पटक प्रधानमन्त्री बनेका छन । जिल्लाका लागी देउवाले अधिकांस काम गर्ने उनि समर्थित कांग्रेसका नेताहरु बताउंछन । यस पटक अजयमेरुको वडा नं १ मा एयरपोर्ट निमार्णका लागी सर्वे गरिएको छ । डडेल्धुरा अस्पताललाई थप स्तरबृद्धि गरि स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा मेडिकल कलेजका रुपमा निमार्ण गरिने भनिएको छ ।
यस कारण देउवा प्रधानमन्त्री भएकाले उनले देशका सम्पुर्ण कुराहरु हेर्नु पर्ने हुन्छ । बिकास संगै बिभिन्न अन्तराष्ट्रिय मुलुकहरु संगका राजनैतिक कुटनैतिक बिषयमा पनि ध्यान दिनु पर्ने भएकाले उनले जिल्लाको बिकासका लागी थोरै प्रतिशत भएपनि समय दिएमा धेरै कामहरु हुन सक्ने देखिन्छ । सल्लाहाकार वा बिश्वास पात्रहरु हिजोको जस्तो आफ्नालागी माग्ने वा जागीर माग्ने नभए देउवा संगै फोटो खिचेर फेसबुकमा पोष्ट गर्ने भन्दा पनि बिकासको खाका बोकेर नारायणथान वा बालुवाटार जाने हो भने अझै पनी देउवाको पहलमा गरिएको बिकास ऐतिहासिक बन्ने छ । युगले सधै सम्झने नेताका रुपमा रहने छन शेर बहादुर देउवा ।

























