२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कार्यालय प्रमुख नहुदा नगर बस सेवा सुचारु हुन सकेन

गरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन् ।
डडेल्धुरा — डडेल्धुरा जिल्ला सरमुकाममा रहेको अमरगढी नगरपालिकाले नगर संञ्चालनमा ल्याउने कुरा ले २ महिना अगाडि निकै चर्चा पाएको थियो । नगर बस सुचारु गर्नका लागि करिब दुई महिना अगाडी टेन्डर प्रकिृया मार्फत बस नगरपालिका परिसरमा पुगि सकेको थियो ।
नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका मेयर विपिन ओझाले जानकारी दिनुभयो । कार्यालय प्रमुख नहुदा झनै सकस भएको ओझाको भनाई छ । नगरपालिका विगत २ महिना देखि कार्यलय प्रमुख विहिन बनेको छ । कार्यलय प्रमुखको सरुवा भए पछि कार्यय प्रमुख बनेको थियो नगरपालिका ।
बस संञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति,भाडाको मापदण्ड समावेस गर्नुपर्ने व्यवस्था रहेको छ । कार्यविधिको मस्यौदा तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ ।
कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ तर, अमरगढी नगरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । डडेल्धुरामा अमरगढी नगरपालिकाले पहिलोपटक नगर क्षेत्रमा सञ्चालन गर्न बस खरिद गरेको हो ।
नगरपालिकाका अनुसार ठेक्का सम्झौता मार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो । बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो । ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
खरिद गरेको बस तत्काल सञ्चालन गरेर नागरिकलाई सेवा दिनुपर्ने नगरवासीको माग छ । अमरगढी नगरपालिका–११ का स्थानीयले सार्वजनिक सवारीका साधन नपाइने भन्दै नगरपालिकाले नगरबस सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलनसमेत गरेका थिए ।
छोटो दूरीमा सार्वजनिक सवारीका साधनले यात्रुलाई नबोक्ने भन्दै बस सञ्चालन गर्नुपर्ने स्थानीयको माग गरेका छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।