२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

बंगलादेशी अभिनेत्रीको शव दुई टुक्रा पारेर बोरामा फ्याँकिएको अवस्थामा फेला

काठमाडौं । आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।
३५ वर्षीया अभिनेत्री शिमुको गर्धनमा चोट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहिति ६ जनालाई पक्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको जानकारी दिएको छ ।
उनका पतिले घरायसी विवादका कारण पत्नीको हत्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो । सोमबार बिहान उनको शव दुई टुक्रा भएको अवस्थामा फेला परेको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ । शव फेला परेसँगै शिमुका भाइले उनका पतिविरुद्ध मुद्दा दर्ता गराएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको ढाका प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।