२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

देउवाको गृह जिल्लाका १२ सडकका लागि ३१ करोड रकम

डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराका लागि एक दर्जन सडकमा डवल कटिङ्गका लागी रु। ३१ करोड रुपैयाँ विनियोजन गराएका छन् ।
पूर्व प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा पाँच वटा सडक निर्माणका लागी २४ करोड रकम विनियोजन गरेकोमा देउवा प्रधानमन्त्री बने लगत्तै ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरि कुल १२ वटा सडक निर्माणका लागी ३१ करोड रकम विनियोजन गराएका हुन् । सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीका अनुसार सात मिटर चौडा भएका सडक कटिङ्ग गर्न सो रकम विनियोजन भएको हो ।
विनियोजित रकम अनुसार कटिङ्ग हुने सडकहरुमा बुडर–जोगबुडा–दैजी सडकका लागी ६ करोड, बुडर–नायल–बैंक सडक २ करोड, जोगबुडा–शिर्ष– रुपाल सडक २ करोड, गैरा–गाङ्खेत सडक २ करोड, शाहुखर्क–काफली–उणिकोट सडक २ करोड, भातकाँडा–बडाल–रेल सडक ३ करोड, उग्रतारा–आईत सडक २ करोड, बगरकोट–पसेला–चिपुर सडक २ करोड, बगरकोट–सिराड–रुपालीगाड सडक ३ करोड, अनारखोली–ठाँटा–चामा–गजेला सडक २ करोड, पोखरा–बेलापुर–ढुङ्गाड सडक ३ करोड र चमडा–कोईराली–सुँगरखाल सडकमा २ करोड गरी ३१ करोड रकम विनियोजन भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।