दिपक राज भट्टः डडेल्धुराको भागेशव्र गाउपालिकाले विद्यायलय सरसरफाई प्रर्वद्धनमा जोड दिदै आएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत किशोरीहरुलाई आईरन तथा फोलिक एसिड र जुकाको औषधि खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धि पालिका स्तरिय एक दिने समिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । औपचारिक कार्यक्रममा पालिकाका १५ विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरु ,किशोरिहरु,पत्रकार, स्वास्थ्यकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती कौशिला कुमारि भट्ट (पालिका अध्यक्ष) भनीन पालिकाको समृद्ध विकासका लागि हामीले विद्यालयका किशोरीहरु लाई सरसफाई मा विशेष ध्यान दिनुका लागि जनचेतना दिनुपर्ने हुन्छ । सामाजिक र मानसिक रुपमा किशोरीहरुलाई सबल बनाउनुका लागि जनचेतना दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै हर्ष बहादुर रोका (प्रमुख प्रशासकिय अधिकृत)ले भने किशोरीहरु केहिहद सम्म लजाउने समस्या रहेकाले यो समस्यालाई कम गर्नुका लागि हामीले जनचेतनामा बृद्धि गर्नेु पर्ने । किशोरी लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
किशोरीहरु लाई आईरन सेवनको समयमा आउने समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिएको थियो। विद्यायमा किशोरीहरु लाई बाषिक रुपमा २६ हप्ता आईन चक्कि खुवाउने अभियान रहेको छ जसमा १३ हप्ता निरन्तर खुवाउने र पुनः १३ हप्ता फरक गरेर २६ हप्तासम्म चक्कि खुवाउने गरेका छौ स्वास्थ्य शाखा प्रमुख मान बहादुर शाहुले बताउनुभयो । विद्यालयमा केहि समस्या आएमा विद्यालयका शिक्षकहरु र स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरु लाई सम्र्पक गर्नु समेत शाहुले अनुरोध गर्नुभयो । यो कार्यक्रम पालिकाका सबै विद्यालयमा सुरु भएको छ । विद्यालयमा स्वास्थ्य चौकि मार्फत औषधि दिईन्छ र विद्यालयमा सोेहि अनुरुप वितरण गरिनन्छ।




























