अंकित कुवँर(बैतडी) ः बैतडीमा बेवारिसे शव फेला परेको छ । पाटन नगरपालिका –६ हिरापुर नजिक अन्दाजी २६ बर्षीय युवकको शव फेला परेको बैतडी प्रहरीले जनाएको छ । शव स्यालले खाएको अवस्था रहेकोले पहिचान गर्न समस्या भएको बैतडी प्रहरीले जनाएको छ । मृतकको शवसंगै सुरत भुल नामको नागरिकता समेत फेला परेको छ । शव चिनिने अवस्थामा नरहेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भईनसकेको प्रहरीले जनाएको छ ।थप अनुसनधान भईरहेको छ ।



Views: 265

























