२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

एमाले डडेल्धुराको मनोनयन दर्ताको नामावली सार्वजनिक, कसको उम्मेदवारी के मा?

डडेल्धुराः नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा एकजना अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेको छ।
वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन्।
यसैगरी एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ।
यस्तै एक सचिव पदका लागि २ जनाको उमेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उमेदवारी दर्ता गराएका छन्।
यसैगरी २ उपसचिव पदका लागि ३ जनाको उमेदवारी परेको छ। उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ती भट्ट जोशीको उमेदवारी परेको छ।
यस्तै, खुला सदस्य (खुला १९ र महिला १० गरि) २९ पदका लागि ५६ जनाको उमेदवारी परेको छ । भौगोलिक क्षेत्रबाट नगरपालिका क्षेत्रमा दुई नगरपलिकामा १० जना खुला र ६ जना महिला गरि १६ पदका लागि १५ जनाको उमेदवारी परेको छ। गाँउपालिका क्षेत्रमा १५ जना खुला र १० जना महिला गरि २५ पदका लागि २४ जनाको उमेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र रोकायाले जानकारी दिए।
दलित सदस्य (८ खुला र ४ महिला गरी) १२ पदका लागि १३ जनाको उमेदवारी परेको छ। आदीवासी जनजातीतर्फ १ खुला र १ महिला गरी २ पदका लागि ३ जनाको उमेदवारी परेको छ । यस्तै, घाइते अपाङ्गतर्फ १ पदका लागि १ जना बमबहादुर थापा मगरको मात्रै उमेदवारी दर्ता भएको छ। युनिटि खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।