२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

बैतडीका एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी ।  बैतडीका एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो ।

स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको अनमी भट्टले बताइन् । स्थानिय युवाहरु २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरले कुटपिट गरेको उनले बताइन् ।

स्थानीय एक बृद्धा बिरामीलाइ स्लाईन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको अनमी जानकीको भनाई छ । बृद्धा कान नसुन्ने ब्यक्ति रहेकाले ठुलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरेको उनको आरोप छ ।

ती युवाहरुको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुखमा, छातिमा र टाउकोमा चोट रहेको छ । उनको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।