२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

बैतडीमा खशि चोरिएपछि…

बैतडीः बैतडीको पाटन नगरपालिका ५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भए। स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए। राति २ बजेतिर आएको अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए। उनले भने, ‘बुबा आमा र बहिनी घरमा थिए। बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन्।’
दुई वटा खसीको मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए। यसअघि पनि गाउँमा पटक पटक खसी चोरी भएको उनले बताए। उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चोरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन्। चोरी रोक्न प्रहरी प्रशासन चनाखो हुनु पर्यो। सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्यो।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ।
गतसाता दशरथचन्द नगरपालिका ४ बाडीलेकका एक किसानले गोठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो। स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेको अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए। पछि गोठमा आधा मात्रै खसी भेटिएको उनले बताए। यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेको स्थानीय देवराम लोहारले बताए। न्युज कारखाना

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।