जनक महरा(कञ्चनपुर)—नेकपा एमाले डडेल्धुरा को आठौं अधिवेशन पौष २३र २४ मा हुदै छ । अध्यक्षमा अमरगढी मेयर उम्मेदवारका रुपमा रहेका छन् ।
अधिवेसन नजिकिए संथगै मेयर विशेश्वर प्रसाद ओझा (विपिन) को चर्चा भएको छ । जिल्ला अधिवेशन नजिकिए सँगै एमाले डडेल्धुराको नेतृत्वमा पनि नेताहरुको दौडधुप चलेको छ।नेकपा एमाले डडेल्धुराको अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन्।



आकाङक्षिहरुमा एमाले डडेल्धुराका नेता एवं अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा वलियो उमेदवारका रुपमा देखिएका छन, युवाहरु माझ लोकप्रिय र वलियो प्रोफाईल भएका ओझा सवै सामु सन्तुलित र समन्वयकारि नेताका रुपमा चिनिन्छन। अध्यक्षका दावेदार सदरमुकामको अमरगढी नगरपालिकाका नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य युवा नेता ओझा हुन्।
उनले डडेल्धुरा क्यापस डडेल्धुराका पूर्वस्ववियु सभापति तथा एमाले नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।उनी पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भानुभक्त ढकाल मार्फत मुल नेतृत्व नजिकका नेताको रूपमा चिनिन्छन।
नेतृत्वमा दोहरिने निकै चासो राखे पनि वर्तमान अध्यक्ष प्रकाश साउँदका कारण डा. तारा जोशि लगायतका नेताहरु एमाले छोडेर एकिकृत समाजवादि प्रवेश गरेको आरोप छ। अमरगढी नगरपालिका नगरप्रमुख एवं सुदुरपश्चिम प्रदेश कमिटि सदश्य विशेश्वरप्रसाद ओझा संगै राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही पनि धेरैको रोजाईमा रहेका छन।
पुर्व जिविस सभापति गजेन्द्र शाहि, यज्ञ राज अवस्थि र राष्ट्रिय सभा सदश्य चक्र प्रसाद स्नेहि भने युवाहरुको नेतृत्वमा सर्वसहमतिका लागि छलफल गरिरहेका छन्। तर वर्तमान अध्यक्ष प्रकाश साँउद भने आफुनै फेरि वन्नु पर्ने दावि गर्छन तर डडेल्धुरा ईन्चार्ज पठानसिंह वोहरा लगायतका नेताहरु पनि नेतृत्व परिवर्तनको पक्षमै देखिएको दाबी छ ।

























