२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

विश्वको जनसंख्या सात अर्ब ८० करोड, सबैभन्दा धेरै चीनमा, भारत दोस्रो र अमेरिका तेस्रोमा

एजेन्सी
विश्वको जनसंख्या सात अर्ब ८० करोड, सबैभन्दा धेरै चीनमा, भारत दोस्रो र अमेरिका तेस्रोमा
न्यूयोर्क । विश्वको जनसंख्या सात अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार सात करोड ४० लाखले बढेर विश्वको जनसंख्या सात अर्ब ८० करोड पुगेको हो ।
विश्वमा भएको जनसंख्यामा चीनमा सबैभन्दा धेरै जनसंख्या छ । चीनकोे जनसंख्या एक अर्ब ४० करोड छ । चीनपछि सबैभन्दा धेरै जनसंख्या भारतमा रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या एक अर्ब ३८ करोड पुगेको छ ।

व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौथो र पाँचौं ठूलो देश बनेका छन् ।
इण्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ । सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि वृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।
व्यूरोका अनुसार आगामी केही दशक कंगो, इजिप्ट, इथोपिया, भारत, इण्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिकामा जनसंख्या बढ्नेछ । यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।