दिपक राज भट्ट (डडेल्धुरा) — डडेल्धुरा जिल्लाको भागेश्वर गाउपालिका ३ साविकको भागेश्वर गा.वि.स मा जन्मिनि भएका नेता नैन सिंह महर लाई आज काङग्रेस नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् । आज (सोमबार) दिउसो राष्ट्रिय योजना आयोगका पदाधिकारी संगै केन्द्रिय सदस्यमा जितेपछि महर पहिलो पटक डडेल्धुरा आएका हुन।
महर नेपाली कांग्रेस डडेल्धुराको ७ औं जिल्ला अधिवेसनमा माहाधिवेसन प्रतिनिधि बाट माहासमिति सदस्यमा निर्वाचित भएका हुन।



काठमाण्डौमा भरखरै सम्पन्न १४ औं माहाधिवेसनमा महरले केन्द्रिय सदस्यमा जितेका थिए।
नेपाल बिद्यार्थि संघका केन्द्रिय अध्यक्ष भैसकेका उनि यस पटक पार्टिको केन्द्रिय सदस्य समेत भैसकेका छन।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टि सभापति शेर बहादुर देउवाले पछिल्लो पटक सुदुरपश्चिमको बृहत्तर बिकासका लागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिस्व पौडेल नेतृत्वको टोली मा केन्द्रिय सदस्य महर लाई पनि सुदुरपश्चिममा खटाएका छन।
कार्यक्रममा बोल्दै नेता महरले भने हामीले वि कासका इएजेन्छामा कुनै अबरोध नगरि साझा सवालका रुपमा लिएर अगाडि बढाउनु पर्छ । सुदुरको सर्मद्धिका लागि पश्चिम सेती, पञ्चेश्वर जलविद्युत आयोजना निमार्णका लागि पहल चाल्ने , डडेल्धुरा बहुमुखि क्याम्पसको गुणस्तर बृद्धिका लागि पहल गरिने, मिडिकल कलेज र जिल्लामा एर्यपोट
निमार्ण लगायतका मुदाहरुका लागि पहल चाल्ने बताए ।
टोलीले सुदुरपश्चिमका बिभिन्न क्षेत्रका आवस्यक योजनाहरुको अध्यन गरिरहेको छ। सुदुरपश्चिम लगाएत देशका ७७ वटै जिल्लामा पुग्ने केन्द्रिय सदस्य महरले बताए। उनले यो अभियान “ राजनिति लाई जनता संग जोडने र जनता लाई बिकास संग जोडने ” पनि स्पष्ट पार्नुका साथै सुदुरपश्चिमका आवस्यक बिकासका पुर्वाधार हरु निमार्ण गर्न सबैतह र क्षेत्र लाग्नु पर्नेमा जोड दिए।

























