२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

चल्ला खरिदमा शिक्षालय प्रमुखको बार्गेनिङ : “काम अगाडि बढाउँछौं,‘अलिकति मिलाउनु पर्छ ।” (अडियो सहित)

डोटी – सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख वीरेन्द्र बाबु यादवले कुखुराका चल्ला खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरीएको छ । उनले लम्किको एक ह्याचरीका बजार व्यवस्थापकसँग फोन गर्दै कमिसन मागेका हुन् ।

शिक्षालय प्रवेश गरेदेखि उनि पटक–पटक विवादमा आउने गरेका छन् । फोन संवादमा केही महिना अघि कमिसन मागेको अडियो शिखर समाचारलाई प्राप्त भएको छ । फोन सम्वादमा उनले पटक–पटक कमिसन माग गरेका छन् । ४ मिनेटको फोन सम्वादमा उनले शिक्षालयमा ह्याचरी कम्पनीले पठाएको बिलका विषयमा शिक्षालयका सबै कर्मचारीले जानकारी पाइसकेकोले त्यहि बिलबाट अलिकति आफुलाई दिनुपर्ने माग गरेका छन् ।

उनले फोन सम्वादमा भनेका छन्,‘ बिल पठाउँदा शिक्षालय प्रमुखलाई फोन गर्नु पर्छ नी, हावाको तालमा विल पठाउने ?,‘अलिकति राख्नु पथ्र्यो त ?’ फोन सम्वादमा बजार व्यवस्थापले रेट बनाएर पठाउनुस् तपाईँलाई बच्ने गरेर बिल पठाई दिउँला भनेर जवाफ दिएका छन् । प्रतिउत्तरमा शिक्षालय प्रमुख यादवले भोलीका दिनमा अझै पाँच सय चल्ला चाहिने बताएका छन् । बिलका विषयमा अन्यलाई जानकारी भैसकेकोले त्यसैबाट कमिसन दिनुपर्ने भनि यादवले अडान राखेको प्रस्ट हुन्छ ।

फोन सम्वादको अन्त्यमा पनि यादवले बिलिङ अगाडी बढाई सकेकाले केही बोल्न नमिल्ने बताउँदै त्यसमा अलिकति मिलाउनु पर्ने बताएका छन् ।

स्रोतका अनुसार शिक्षालयमा पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचय पत्र र ड्रेसमा समेत आर्थिक अनियमितता भएको छ । शिक्षालयका कर्मचारीले नै आर्थिक पारदर्शिता हुनुपर्ने र अहिलेसम्मको हिसाव कितावका बारेमा छानविन हुनुपर्ने माग राखेका छन् ।

शिखर समाचारलाई विद्यार्थी भर्ना, भवन निर्माणमा कमिसन खाएको स्रोत अडियो समेत प्राप्त भएको छ । यस विषयमा बुझ्न शिक्षालय प्रमुख यादवलाई पटक–पटक फोन, म्यासेज गर्दा फोन उठेन ।

चल्ला खरिद जस्तो सामान्य आर्थिक लेनदेनमा कमिसन माग गर्ने शिक्षालय प्रमुखले अन्य विषयमा पनि आर्थिक अनियमितता गरेको हुन सक्ने भएकाले छानविन हुनुपर्ने शिक्षालय स्रोत बताउँछ ।
अडियो सुन्नु यहा जानुस
शिखर सामाचार बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।