२०८३ भाद्र १३ शनिबार
२०८३ भाद्र १३ शनिबार

डडेल्धुरा सहित सुदुर पहाडी जिल्लामा हिमपात

डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला, बझाङ्ग लगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो।
डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजे पछि देखि पानी परे सँगै हिउँ पर्न सुरु भएको थियो। हिमपातले डडेल्धुराका उच्च भाग (महाभारत लेक,शाहुखर्क)सेताम्य बनेका छन् । उस्तै बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझ लगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। जिल्लाका केही स्थानमा हिजो साँझ देखि र केही स्थानभमा आज बिहान देखि हिमपात भइरहेको उनले बताए। हिमपातका कारण गाडीहरु सञ्चालनमा आउन सकेको छैनन् ।

यस्तै, बाजुरामा पनि हिमपात भइरहेको छ। जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताए। डडेल्धुरा, बैतडी, बाजुरा लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।