२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

व्यापारीको घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा लाग्यो

एजेन्सी
व्यापारीको घरबाट एक अर्ब ७७ करोड बरामद, १३ वटा मेसिनले गन्न ३६ घण्टा लाग्यो
कानपुर । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरका एकजना व्यापारीको घरबाट एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद भएको छ । पर्फ्युमसहितका अत्तर व्यापारी पीयुष जैनको घरबाट सरकारी अधिकारीहरूले एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरेका हुन् ।
सेन्ट्रल ब्युरो अफ इण्डाइरेक्ट ट्याक्सेस एण्ड कस्टम (सिबिआईसी) र आयकर विभाग (आईटी) का अधिकारीसमेत एकै घरमा यति धेरै रकम देखेपछि छक्क परेका छन् । बरामद रकम गन्न १३ वटा मेसिनलाई लगातार ३६ घण्टासम्म लागेको थियो । एक वरिष्ठ अधिकारीले आफ्नो जागिर अवधिमा यति धेरै पैसा कहिले नदेखेको बताएका छन् ।
अर्कातिर कानपुरसँगै जोडिएको कन्नौजमा अत्तर कारोबारसँग जोडिएका रानु मिश्रा र विनित मिश्राको घरमा पनि छापा हानिएको थियो । शुक्रबार मध्यरातिसम्म जैनको घरमा नोट गन्ने काम चलेको थियो । बरामद रकमलाई ४२ ठूला बाकसमा हालेर कन्टेनरबाट पुलिस सुरक्षामा पठाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।