डडेल्धुरा । मौसममा आएको आमसिक बदली संगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि बादल लागेकाले चिसो बढेको हो । आइतबार राती बैतडी सहितका सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बर्षा र हिमपातको सम्भावना रहेको मौसम विदहरुले बताएका छन ।
आतबार मात्र चिसो चिसो अत्याधिक बढेको छ । डडेल्धुरामा आईतवारको तापक्रम ४ डिग्री सेल्सियसमा रहेको थियो ।
डडेल्धुराको उच्चतम १२.६ डिग्री सेल्सियस पुगेको थियो भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस पुग्ने हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ । आगामी दुई तिन दिन मौसममा बदली हुने छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा हिमपातको सम्भावनाछ भने अन्य क्षेत्रमा वर्षाको सम्भावना समेत रहेको छ ।



मौसममा आएको परिवर्तनले चिसो बढेको र यो बेला बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नु पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन । चिसोको समयमा श्वासप्रश्वासका बिरामीहरुले बढ्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरे छन ।
यस्तै चिसोको समयमा बालबालिकाहरु लाई निमोनिया हुन सक्ने भएकाले उनीहरुलाई न्यानो बनाइराख्नु पर्नेमा उनले जोड दिए । यस्तै चिसोको समयमा तातो र झोलिलो खानेकुरा खान पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन ।

























