२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

प्रदेश लोकसेवा आयोगलाई टेरेनन् स्थानीय तहले, मनोमानी ढंगले करारमा कर्मचारी भर्ना

महेन्द्रनगर । प्रदेश लोक सेवा आयोगले सुदूरपश्चिमका सबै स्थानीय तहलाई मनोमानी ढंगले कर्मचारी भर्ना नर्गन निर्देशन दिएपनि त्यसलाई लत्याउँदै कर्मचारी भर्ना गरेको पाइएको छ ।

बैतडीको दोगेडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मनोमानी रुपमा कर्मचारी भर्ना गरेको पाइएको हो । बैतडीको पुर्चौडी नगरपालिकाले अनमि पदमा ४ जना र स्टाप नर्स पदमा कर्मचारी भर्ना गरेको छ ।
यसैगरी दोगेडाकेदार गाउँपालिकाले सहायक कम्प्युटर अपरेटर पदमा ९ जनालाई राखेको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले विभिन्न पदमा गरी १५ जना कर्मचारी करारमा भर्ना गरेको छ ।
गाउँपालिकाले ८ जना कम्प्युटर सहायक, ३ जना भेटनरी जेटिए, ३ जना असिस्टेन्ट सब इन्जिनियर र १ जना उद्यम विकास संयोजकलाई करारमा भर्ना गरेको हो । यसरी करारमा कर्मचारी भर्ना नर्गन प्रदेश लोक सेवा आयोगले स्थानीय तहलाई पत्राचार गरेको थियो ।

मंसिर २ गते आयोगले फेरि स्थानीय तहलाई कर्मचारी मनोमानी रुपमा नराख्न ताकेता गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, कर्मचारी समायोजन ऐन २०७५, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन २०७५ र प्रदेश लोक सेवा आयोग ऐन २०७६ को व्यवस्थालाई नजरअन्दाज गरी स्थानीय तहले कर्मचारी ऐन बनाएर पदपुर्ति गरेको पाइएको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका कतिपय स्थानीय तहले ऐन नियम बिपरित कर्मचारी भर्ना गरेको पाइएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले बताए । ‘केही स्थानीय तहले मनोमानी रुपमा कर्मचारी भर्ना गरेको गुनासो आएको छ,’ उनले भने, ‘मनोमानी रुपमा भर्ना गरिएका कर्मचारीको पदपुर्ति बदर हुन्छ ।’

स्थानीय तहलाई करारमा कर्मचारी भर्ना नर्गन आयोगले पत्राचार गरेको उनले बताए । ‘सबै स्थानीय तहलाई करारमा कर्मचारी भर्ना नर्गन भनेका छौं,’ उनले भने, ‘मनोमानी रुपमा कर्मचारी भर्ना गरेको निवेदन आएपछि आयोगको बैठकले बदरका लागि निर्णय गर्छ ।’
लोक सेवा आयोगले कर्मचारी नपठाउँदासम्मका लागि करारमा कम्प्युटर सहायक पदमा कर्मचारी भर्ना गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र धामीले बताए ।

‘प्रत्येक वडामा कम्प्युटर चलाउने व्यक्ति चाहिएको थियो, वडा सचिव कम्प्युटरमा दक्ष छैनन्,’ उनले भने, ‘त्यसैले कर्मचारी भर्ना गरेका हौं ।’
कोभिड नियन्त्रणका लागि प्राविधकि कर्मचारी भर्ना गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीले बताए । ‘कोरोना बढिरहेको छ, कोभिड अस्पतालका लागि अनमी र स्टाप नर्स राखेका हौं,’ उनले भने, ‘६÷७ महिनाका लागि कर्मचारी भर्ना गरिएको हो ।’सिमारेखामा बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।