२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

मतपत्र सकिएर कांग्रेस महाधिवेशनमा मतदान रोकियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ ।
मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।

निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ ।
यसअघि बाँडिएको तीन हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिको भनाइ छ ।
मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।