दिपक राज भट्ट/डडेल्धुरा – सामुदायिक रेडियो अमरगढी एफएम सोमबारबाट १० वर्ष पार गरि ११ औँ वर्षमा प्रवेश गरेको छ। फोकस नेपालद्धारा संचालित रेडियो अमरगढी ९७।४ मेगाहर्जले २०६७ साउन २६ गतेदेखि डडेल्धुराबाट परिक्षण प्रशारण सुरु गरेको थियो।
‘घरघरको आवाज’ भन्ने मूल नारा लिएर स्थापित भएको रेडियो अहिले सुदूरपश्चिमकै बहुचर्चित रेडियोका नामले चिनिने गरेको छ। ५ सय मेगावाट क्षमता भएको रेडियो सुदूरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका ७ जिल्लाहरुमा सुन्न सकिन्छ।
हरेक दिन विहान ५ बजेदेखि राति ११ बजेसम्म नियमित १८ घण्टा प्रशारण हुँदै आएको रेडियोले प्रत्येक दिन नेपाली भाषाको समाचार, कार्यक्रम र स्थानीय भाषा ९डोटेली०मा कार्यक्रम तथा समाचार प्रशारण गर्दै आएको छ।
रेडियो अमरगढीले विभिन्न संघसंस्था तथा निकायहरुको साझेदारीमा चेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ। कोरोना भाइरसलाई मध्येनजर गर्दै विद्यालयबाट बञ्चित विद्यार्थीहरुका लागी ‘दुर शिक्षा’ कार्यक्रम समेत प्रशारण गर्दै आएको छ।
समसामयिक विषयबस्तु माथीको छलफल, लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु उत्पादन गर्ने गरेको छ।
वार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको आयोजना गरेको रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले बताउनु भयो । उनका अनुसार सोमवार बिहान डडेल्धुरा अस्पतालका बिरामीहरुलाई फलफूल बितरण र दिउँसो जिल्लास्थीत सरोकारवाला निकायसंग खुला अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने छ।
रेडियोलाई यो अवधीसम्म साथ दिएर यहाँसम्म पुर्याउने सम्पूर्ण, शुभचिन्तक, स्रोता, बिज्ञापनदाता, जिल्लास्थीत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका प्रतीनीधीहरुलाई रेडियोका प्रवन्ध निर्देशक छत्र साउदले धन्यवाद दिए।
रेडियोले समाजमा रहेका समस्या पहिचान गरि त्यनिहरुको समाधान गर्ने, कुरुति कु संस्सकार बिरुद्ध काम गरिरहेको जसलाई निरन्तरता दिईरहने वरिष्ठ पत्रकार राम धामिले बताउनु भयो ।