२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुराका ५ स्थानीय तह सहित सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

सहित सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा
डडेल्धुरा – सरकारले बैतडीका दुई स्थानीय तह सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । देशभरीका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको र ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह रहेका छन् ।

डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकट ग्रस्त क्षेत्र घोषणा भएका छन् ।

यस्तै डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।
यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।
संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।