२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कांग्रेसका डडेल्धुरा सभापति मल्ल सानेपामा बसे अनसन

काठमाडौं । डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् ।
सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ ।

जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो । तर निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो ।

११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् ।
अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेताहरु सहभागी छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए । डडेल्धुरामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।