२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

सुदूरपश्चिममा यस्तो छ विप्लवको नेपाल बन्दको प्रभाव

धनगढीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आशिंक प्रभाव देखिएको छ। धनगढीसहितका विभिन्न ठाउँमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन्।

विज्ञापन

नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चाहिँ सडकमा निर्वाध गुडिरहेका छन्। तर सार्वजनिक सवारी भने आशिंक रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए। ‘लामो दुरीका गाडीहरु छुटी रहेका छन्’ उनले भने, ‘चिसापानीमा रोकिएका होलान, स्कटिङ गरेर पठाइन्छ।’
नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ। सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।