२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

गुनकेश्वरी खडायत विद्यार्थीको मुहारमा खुशी दिलाउदै ।

दिपक राज भट्ट (डडेल्धुरा) — डडेल्धुराको अमरगढी नगरपालिका २ कि गुनकेश्वरी खडायत लालबहादुर खडायतकी धर्मपत्नी हुनु हो । उमेरले ७६ बर्षकी गुनकेश्वरीको भने मन बुढो भएको छैन ।
गरिब दुखिको पीडामा उहाँले मलहम लगाउने काम मात्र गर्नुभएको छैन । उहाँ प्रेरणाको श्रोत समेत बनिरहनु भएको छ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालीकामा रहेका विद्यालयहरुमा पोशाक वितरण, खाना दिने, विद्यालय रंगरोगन गरिदिने काम उहाँले गर्दैै आउनु भएको छ ।
हाँ भन्नुहुन्छ, ‘जहाँबाट मेरा श्रीमान तीन पटक मन्त्री भए एक पटक राजदुत भए त्यो ठाउँ मेरा लागि स्वर्ग हो मैले जुन समाजको माया सद्भाव पाए त्यो समाज लाई म केही दिन चाहान्छु मेरो समाजसेवा म नमरुन्जेल सम्म रहिरहने छ । यसरी गरिब दुखि लाई सहयोग गर्नु पाउँदा म निकै खुशी भएकि छु , यस्तै गरिवहरुको खोजी अझ सहयोग गर्न बाचा समेत गर्दछु । मलाई मेरो समाजको माया भगवानको आशिर्वाद सधैं मिलिरहोस् ।
मैले मेरा छोराछोरीलाई पनि भन्ने गरेको छु आफु जन्मेको ठाउँमा केही न केही समाजसेवा गर्नु पर्छ । सेवा गर्नु नै धर्म हो हामीले धर्म गर्ने भनेकै गरिब दिनदुखि लाई सहयोग गरेर गर्ने हो भगवानले पनि यहि चाहेका हुन्छन् ।
गुनकेश्वरी खयाड्यकी भतिजी बुहारी तुलसी खडायतले यता समुन्व्य गर्नुहुन्छ । समाजसेवी गुनेकेश्वरी हाल काठमाण्डौ बस्दै आउनु भएको छ ।उहाँले गरेका कार्यमा स्थानीय नागरिक संग टेलिफोन मार्फत जानकारि गराए खुशी साटासट गर्नुहुनछ उहा ।
उहाँको यो काम देखेर विद्यार्थी मात्र हैन अभिभावक समेत खुशी भएको देख्न पाईन्छ ।
उहाँको समाजसेवालाई उहाँकै भतिजि बुहारी तुलसीले सघाउनु हुनुहुन्छ । तुलसी पेसाले शिक्षक हुनु ।
गुनकेश्वरी पूर्व जलस्रोत मन्त्री लालबहादुर खडायतकी श्रीमती हुनु हो । उहाँले अमरगढीमा रहेका बिभिन्न विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री त कतै विद्यालयका वालहरु रंगरोगन, कहीँ खाजा खुवाउने काममा सहयोग निरन्तर गर्दै आउनु भएको छ ।
आज सिद्धनाथ आधारभुत विद्यालय अमरगढी ३ चिरकिट्टेका ७७ जना विद्याथीहरुलाई पोसाक वितरण गरेको छ भने,
एक दिनको खाजा खर्च दिएकी हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।