पुनर्वास- सशस्त्र प्रहरीले कञ्चनपुरकाे दक्षिणी क्षेत्रका विभिन्न सिमानाका बाट अबैध भारितय सामान बरामद गरेकाे छ । सशस्त्र प्रहरीले तीन लाख छत्तिस हजार बराबरकाे सामान बरामद गरेकाे हाे ।
शिनवार बेलुका ४ बजे तिर कञ्चनपुरकाे दक्षिणी सिमा ईलाकाकाे काेराेना भाईरस राेकथाम,नियन्त्रण,ब्यवस्थापन, अन्तर्राष्ट्रिय सिमा आवत जावत निषेध,अनुगमन तथा सुपरिवेक्षणकाे रूपमा जिल्लाकाे सेक्टर नं.१ कमाण्ड पाेष्टका कमाण्डरकाे रूपमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक गँगादत्त पन्तकाे कमाण्डमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलिले नेपाल भारत सिमा स्तम्भ नं. २०१ देखि ५ सय मिटर नेपाल तर्फ बेलाैरी नगरपालिकाकाे वार्ड नं.१ मा घरमा लुकाई राखेकाे ३९ बाेरा भारतिय रासायनिक मल र चिनि बरामद गरि कैलाली भन्सार कार्यालय धनगढी पढाईएकाे सशस्त्र प्रहरी नायव उपरिक्षक गँगादत्त पन्तले जानकारी दिनुभयाे ।
त्यसैगरी पुनर्वासकाे आनन्द बजार बिओपी पाेष्ट, बेलाैरी बिओपी पाेष्ट, भुडा बिओपी पाेष्ट र बेल्डाँडीकाे झिलमिला बिओपी पाेष्ट बाट पनि रासायनिक मल, कपडा,किराना समानका साथै सुर्तिजन्य पदार्थ बरामद गरिएकाे सशसत्र प्रहरीले जनाएकाे छ ।
विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले ३ लाख ३६ हजार १२४ रूपैया बराबरकाे भारतिय अबैध सामान बरामद गरी कैलाली भन्सार कार्यालय धनगढी पठाएकाे जनाएकाे छ ।
काेराेनाका कारण देशमा लकडाउन र सिमा क्षेत्रमा आवत जावत बन्द गरिएकाे भएता पनि तस्करहरूले विभिन्न चाेरीकाे बाटाे भएर अबैध सामान ओसार पसार गर्ने गरेका छन ।