२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

नेकपा एकिकृत समाजवादी अध्यक्ष नेपाल डडेल्धुरा आउदै

डडेल्धुरा — नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल सहित संघिय सरकारका पर्यटन तथा संस्कृती मन्त्रि प्रेम आले लगायत नेताहरुको टोली बुधबार डडेल्धुरा आउने भएका छन । कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता नेपाल सहितको टोली डडेल्धुरा आउन लागेको एकिकृत समाजवादी जिल्ला कार्य समिती डडेल्धुराले जनाएको छ । टोलीमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि दिर्घ सोडारी समेत रहेका छन ।

नेता नेपाल सहितको टोली नेपालगञ्ज बाट हेलिकप्टर मार्फत डडेल्धुरा आउन लागेको पत्रकार सम्मेलन मार्फत एकिृकत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले जानकारी दिए । मध्यन्ह १२ बजे डडेल्धुरा पुग्ने कार्यक्रम रहेको उनले बताए । अमरगढी नगरपालिका–४ टुडीखेलमा हेलिकप्टर अवतरण गरी जिल्ला सदरमुकाममा कार्यकर्ता भेला सम्बोधनको कार्यक्रम रहेको उनले बताए । नेपाली सहितका नेताहरुले डडेल्धुरामा डेढ घण्टा बिताउने उनले बताए । कार्यकर्ता भेला सम्बोधन संगै सम्भव भए अजयमेरु गाउँपालिका–१ समैजीको पुईलेकमा विमान स्थल निर्माणका लागी सर्वे थालिएको क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए ।

पर्यटन तथा संस्कृती मन्त्रि आलेले डडेल्धुरामा विमान स्थल निर्माणका लागी पहल कदमी थालेकाले अवलोकन गर्न सक्ने उनको भनाई छ । मन्त्रि आलेले डडेल्धुरामा विमान स्थल बनाई छाड्ने प्रतिबद्धता जाहेर गरेको एकिृत समाजवादीले जनाएको छ । पुईलेकमा विमान स्थल निर्माणका लागी पहिलो पटक सर्वे थालिएको छ । यस अघि उक्त क्षेत्रमा विमान स्थल निर्माणका लागी स्थल छनौट र फिजिविलिटी अध्ययन गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।