२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

बैतडीमा वडा कर्मचारी एमालेको अधिवेशनमा, कारवाही गर्न माग

बैतडीमा वडा कर्मचारी एमालेको अधिवेशनमा, कारवाही गर्न माग
बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ का कर्मचारी नेकपा एमालेको अधिवेशनमा सहभागी भएपछि सेवाग्राही मारमा परेका छन् । वडा कार्यालय बन्द गरेर कर्मचारी अधिवेशनमा सहभागी भएपछि सेवाग्राही सेवा लिनबाट वञ्चित भएका हुन् ।

डिलाशैनी गाउँपालिका वडा नं ७ का कार्यालय सहायक देवेन्द्र धामी र कार्यालय सहयोगी हर्कसिंह धामी एमालेको अधिवेशनमा गएपछि वडा कार्यालय बन्द गरिएको हो ।
वडा कार्यालयको सचिवको जिम्मा पाएका राजेन्द्रबहादुर ऐरी बिदामा रहेका बेला अन्य कर्मचारी पनि नहुँदा वडा कार्यालय बन्द गरिएको हो । वडा कार्यालय बन्द रहेको बारेमा आफूले पनि ढिला थाहा पाएको सचिव ऐरीले बताए ।
कर्मचारीहरु कुनै जानकारी नदिएर कार्यालय बन्द गरेर अधिवेशनमा गएकाले समस्या भएको उनले सुनाए । उनले भने ‘मलाई कुनै जानकारी दिइएन् । म सहित कार्यालयमा ५ जना कर्मचारी छौं । मलाई ४ नम्बरको प्राविधिकको जिम्मेवारी पनि छ । अरु कर्मचारीहरु म संग कुनै सल्लाह नगरी गएछन् ।’
वडा सचिव ऐरी नहुँदा वडा कार्यालयको जिम्मेवार व्यक्ति देवेन्द्र धामीले भने आफू आइतबारदेखि बाहिर रहेको बताए । उनले भने ‘म बुवाको औषधि लिनका लागि आएको हु । कार्यालय बन्द भएको बारेमा मलाई जानकारी छैन् ।’
तर धामीले वडा सचिवलाई समेत कुनै जानकारी नदिइ अधिवेशनमा गएका बताइएको छ । यसैबीच वडा कार्यालय बन्द गरेर एमालेको अधिवेशनमा गएका कर्मचारीहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताहरुले विज्ञप्ती निकालेर अधिवेशनमा सहभागी भएका कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।