२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पठाओ राइडरलाई ठक्कर दिने टिपर चालक प्रहरी हिरासतमा

सवारी ज्यानमुद्दामा अनुसन्धान थालियो

पर्सा जगरनाथपुर गाउँपालिका-४ का २५ वर्षीय सुनिलप्रसाद महतोलाई ठक्कर दिने टिपरका चालकलाई हिरासतमा लिइएको छ।
बा४ख ८७२५ नम्बरको टिपर चालक मकवानपुर थाहा नगरपालिका-११ का २६ वर्षीय मंगललाल सिंहलाई सवारी ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरू गरेको हो। उनलाई अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।
गत बुधबार राति सवा १० बजे बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकलमा सवार महतोलाई सिनामंगल चोकमा टिपरले ठक्कर दिएको थियो। महतो पठाओ राइडर थिए। महतोको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको थियो। उनीसँगै रहेका यात्रु घाइते छन्।

चालक सिंहलाई प्रहरीले त्यसैदिन कोटेश्वरबाट पक्राउ गरेको थियो।
‘सवारी ज्यानमा निवेदन परेपछि हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ भट्टराईले भने।
यस्तोमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धानपछि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछ।
वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि कसुरदारको सजाय निर्धारण हुन्छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४५ र मुलुकी अपराध संहिता ऐन २०७४ समेतका आधारमा सर्वोच्च अदालतले सवारी ज्यान कसुरको सजाय निर्धारण सम्बन्धी मार्गदर्शन २०७५ जारी गरेको छ।

जसमा सवारी सम्बन्धी जघन्य र गम्भीर कसुरको सजाय तोकिएको छ। कसुर हेरेर सवारी ज्यानमुद्दामा जन्मकैद वा तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (१)मा ज्यान मार्ने मनसाय लिई सवारीले किचेर ठक्कर दिएकोमा घाइते भएको खण्डमा पनि कसुरदारलाई सजाय निर्धारण गर्नुपर्ने भनिएको छ। त्यस्तो कसुरमा न्यायिक स्वविवेकमा सजाय निर्धाण गर्नुपर्ने भनिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।