काठमाडौं । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको प्रवक्ता गौतमले जानकारी बताए ।
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको मिति २०७७ साल साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो । मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।
त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको मिति २०७७ साउन २४ गते विहान १ : ३० बजे दुखद निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।