२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पटाका बरामद

काठमाडौं, १५ कात्तिक
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका(४ टिसिएन चोकस्थित सडकमा
भैरहवाबाट नारायणघाटतर्फ जाँदै गरेको ना।२ ख ४५४५ नम्बरको बसबाट करिब १ लाख
रुपैयाँ मूल्य बराबरको ४ बोरा विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद
गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसभित्र
वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ वनदेवी मन्दिर नजिकबाट करिब २० हजार रुपैयाँ
मूल्य बराबरको विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका
प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।
सर्लाही, बसवरिया गाउँपालिका(२ बागमती नदीको बाधबाट करिब ५ हजार रुपैयाँ
मूल्य बराबरका विभिन्न किसिमका ३४ प्याकेट पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको
छ । ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्त उक्त
पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।