२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

आठ लाख रुपैयाँ अवैध रकमसहित तीन नेपाली पक्राउ

धनगढी । अवैध रकमसहित भारतबाट आएका तीनजनालाई पक्राउ परेका छन् । बझाङ मस्टा १ कोटदेवलका मुकेश खडका, किरण खड्का र नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली रुपैयाँ, ३२ सय भारती रुपैयाँ, सुनको जस्तो देखिने ३४।३६० मिलिग्राम गहना , चाँदी जस्तो देखिने ७३७।८७ ग्राम गहना बरामद् गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ ।
धनगढीस्थित होटक अमन प्लाजाबाट १२ गते उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कैलालीकाको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।